after_navbar

लुम्बिनीमा एकीकृत सूचना पोर्टल


६ मिनेट अगाडि


दाङ,२२ साउन । लुम्बिनी प्रदेश सरकारले सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यसहित ‘एकीकृत प्रदेश सूचना पोर्टल’ कार्यान्वयनमा ल्याउने भएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार प्रविधि परिषद् बैठकले प्रदेशका सबै मन्त्रालय र निकायका सेवा तथा सूचनालाई एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने निर्णय गरेको हो। यसबाट नागरिकले छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ।

पोर्टलमार्फत सबै सरकारी सेवा, सूचना र डिजिटल सुविधामा एकै स्थानबाट पहुँच मिल्नेछ। साथै, पोर्टललाई रिडिजाइन र अपग्रेड गरी भ्वाइस र किवर्डमार्फत सूचना खोज्ने सुविधा थप गरिने जनाइएको छ। गुनासो व्यवस्थापन प्रणालीलाई पनि थप प्रभावकारी बनाइनेछ।

प्रदेश सरकारले वेबसाइटहरूको फ्रेमवर्क स्तरोन्नति गर्ने, अपाङ्गतामैत्री बनाउने तथा साइबर सुरक्षा मजबुत बनाउने योजना अघि सारेको छ।

बैठकमा परिषद्का कार्यकारी निर्देशक अनुप बाँसकोटाले गत वर्ष विभिन्न निकायका सेवा अटोमेसनका लागि आवश्यकता संकलन, वेबसाइट माइग्रेसन र सार्वजनिक निकायलाई सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराइएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="