after_navbar

११ वर्षीया बालिका बेपत्ता


१ मिनेट अगाडि


काठमाडौ,९ भदौ । बारामा ११ वर्षीय बालिका बेपत्ता भएकी छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका- ६ बाट बालिका बेपत्ता भएकी हुन् ।

११ वर्षीय सनाया खातुन बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको सम्बन्धमा निवेदन प्राप्त भएको पुष्टि गरे। निवेदन प्राप्त भएलगत्तै प्रहरीले बालिकाको खोजी सुरु गरेको जनाएको छ।

बालिका कहाँ र कसरी बेपत्ता भएकी हुन् भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="