दाङ,२० भदौ । दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाको माछापोखरी टोल निवासी २४ वर्षीय राजु घर्ती रहेका छन्।
शनिबार बिहान घरबाट बिजुलीको तार प्रयोग गरी नजिकैको टिकरी सिँचाइ कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा घर्तीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस