after_navbar

भोटेकोशी बाढीको ११औँ दिनमा दुई जनाको जीवितै उद्धार


२३ घण्टा अगाडि


काठमाडौ,२० भदौ । भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ।

उद्धारकर्मीले नुवाकोटको एक घरबाट र जलविद्युत् आयोजनाको सुरुङबाट एक/एक जनाको जीवितै उद्धार गरेका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चन्डिका श्रेष्ठको उद्धार गरिएको हो। प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उनको उद्धार गरेको हो।

त्यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको विपद् विज्ञ टोलीले आज दिउँसो उनको उद्धार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसअघि बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीको जीवितै उद्धार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="