after_navbar

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु


३ घण्टा अगाडि


कपिलवस्तु। कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कपिलवस्तुको वाणगंगा नगरपालिका-३ तिनकुनेमा मोटरसाइकलको ठक्करबाट ६३ वर्षीया जलिया थारूको मृत्यु भएको हो।

बुधबार बिहान वाणगंगा नगरपालिका-१ का ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले वाणगंगा नगरपालिका-४ गजेहडाकी थारूलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="