प्यूठानमा बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु
प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका-७ नारीकोटमा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय शिवलाल थापाका छोरा कृष थापा बिहीबार बिहान आफ्नै घरमा बाल्टिनको पानीमा डुबेका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।
मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस