after_navbar

सातै प्रदेशमा वर्षा


१ घण्टा अगाडि


दाङ। नेपालका सातै प्रदेशमा अहिले वर्षा भइरहेको छ। तर देशभर वर्षा गराउने मौसमी प्रणाली भने फरक-फरक रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको छ भने बागमतीदेखि कोशी प्रदेशसम्म चक्रवात ‘अर्नब’को प्रभाव देखिएको छ।

त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा भने दुवै मौसमी प्रणालीको कमजोर प्रभाव रहेको उनले बताएका छन्। दुवै प्रणालीको प्रभाव कमजोर हुँदा ती क्षेत्रमा उल्लेख्य वर्षा हुन नसकेको पोखरेलको भनाइ छ।

उनका अनुसार अहिले देशका विभिन्न भूभागमा फरक-फरक मौसमी प्रणाली सक्रिय रहेकाले वर्षाको अवस्था पनि क्षेत्रअनुसार फरक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="