after_navbar

थापा नेतृत्वको कांग्रेसलाई आयोगको आधिकारिकता


१ घण्टा अगाडि


काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ।

आयोगको मंगलबार बसेको बैठकले कांग्रेसको नयाँ कार्यसमिति र संशोधित विधान अद्यावधिक गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

महाधिवेशनपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज तथा समसामयिक राजनीतिक निर्णयसहितका कागजात निर्वाचन आयोगमा पेस गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी वा कार्यसमिति परिवर्तन गरेपछि निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही प्रक्रिया र प्राप्त कागजातका आधारमा दल दर्ता किताबमा नयाँ पदाधिकारी तथा कार्यसमितिको विवरण अद्यावधिक गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="