after_navbar

बुटवलबाट छुटेको बस धादिङमा दुर्घटना: आठ जना घाइते


मङि्सर २, २०८१


धादिङ,२९ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा बसमा सवार ८ जना घाइते भएका छन्। अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोकिँदा उक्त बस दुर्घटनामा परेको हो।

बुटवलबाट काठमाडौँ जादै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका आठैजनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ। बस चालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="