after_navbar

गुडिरहेको बसबाट खसेर एकजनाको मृत्यु


माघ ०८, २०८१


गुल्मी,८माघ। गुडिरहेको बसको ढोकाबाट खसेर गुल्मिमा एकजनाको मृत्यु भएको छ।

ad

बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु १ ख ५७३६ नम्वरको बसको ढोकाबाट खसेर इश्मा गाउँपालिका ५ की ३९ वर्षीय शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

बसका सहचालक र कुमालबीच भाडाको विषयमा विवाद भएको र चलिरहेको बसको ढोकाबाट खसेर घाइते भएकी कुमाललाई गुल्मी अस्पतलमा ल्याइएको थियो ।

अस्पतालले कुमाललाई मृत घोषणा गरेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="