after_navbar

सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाद्वारा डिस्पोज


माघ १२, २०८१


रोल्पा१२, माघ । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा सेप्टी ट्याङ्की खन्ने क्रममा भेटिएको सकेट बम नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार अधिकारीका अनुसार सडक विभागको कार्यालय क्षेत्रभित्र खन्दै गरेको सेप्टी ट्याङ्कीमा पुरानो सकेट बम भेटिएको हो।

स्थानीय समयअनुसार दिउँसो साढे चार बजेतिर फेला परेको बमको जानकारी प्राप्त हुनासाथ नेपाली सेनाको बटुक दल गण, लिवाङबाट सेनानी रामप्रताप गडेरीको नेतृत्वमा एक टोली खटिएको थियो।

सेनाले सुरक्षाका सबै उपाय अपनाउँदै बमलाई निष्क्रिय पारेको जानकारी दिएको छ। पुरानो बम रहेको स्थानमा सेप्टी ट्याङ्की खन्ने काम रोकिएको छ भने स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="