after_navbar

मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्यु


माघ १५, २०८१


सल्यान, १५ माघ । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका-७ बस्ने २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ  । 

ad

सोमबार साँझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।  मोटरसाइकल दुर्घटना भइ एक सय मिटर तल गएको थियो । 

दुर्घटनामा घाइते डाँगीको उपचारको क्रममा राती १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । 

शवको जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="