दाङ , १८ माघ ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन दाङको २७औँ साधारणसभालाई सम्बोधन गर्दै पोख्रेलले नागरीकलाइ सामाजिक सञ्जालको असल अभ्यास गर्न अभिप्रेरित गर्ने भन्दा अपराधी करार गर्ने हिसाबले ल्याइएको विधेयकको औचित्य नभएकोले खारेजी हुनु पर्ने बताए ।
नेपालको संविधानले प्रदत्त गरेका कानुनका माध्ययमबाट सामाजिक संजाललाई मर्यादित बनाउने प्रसस्त ठाँउ रहेको भन्दै अभिव्यक्ती स्वतन्त्रता कुण्ठीत गर्नेगरी जवरजस्ती यसखालको कानुन आएमा त्यसको पुर्णरुपमा अवज्ञा गरिने र सबै पत्रकारहरु सडकमा आउने चेतावनी दिए ।
फौजदारी कानुन ल्याएर विरोधका स्वरलाई दवाएर जाने सरकारको सोच देखिएको भन्दै कार्यक्रमका प्रमुख अतिथी निर्वतमान अध्यक्ष पोख्रेलले व्यक्ति हत्या गरेका अपराधीलाई जस्तैगरी दोषी करार गर्ने मनसाय लोकतान्त्रीक सरकारको असल अभ्यास भित्र नपर्ने भन्दै यो वा त्यो बाहानामा कानुन ल्याउने कुरा जायज नभएको बताए ।
नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतमले संचार क्षेत्रलाई नियमन गर्ने विधेयक सरोकारवालाहरुसंगको सरसल्लाह र सुझाव बिना ल्याएर सरकार स्वच्छाचारी ढंगले अघि बढेको बताए । कार्यक्रमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासघका केन्द्रिय सचिव सविन सप्रियासन, लुम्बिनी प्रदेश महासचिव पाण्डबप्रसाद शर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देवेन्द्र बस्नेत, चेतन रेग्मी, लक्ष्मीमान चौधरी, नेपाल प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जा, जनपत्रकार संगठनका उपाध्यक्ष जंग रेउले, शरद रेग्मी, व्याव्सन दाङका सचिब आदीम केसी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्दै संचार सस्था र संचारकर्मीको मनोबल उच्च राख्ने गरी काम गर्ने वातावरण सरकारले निमार्ण गर्नुपर्ने र त्यसको खबरदायी संचार संघसंगठनहरुले गर्नुपर्ने बताए ।
साधारण सभामा नेपाल प्रेस युनियन दाङका सचिब अमर क्षितिज भण्डारीले सांगठनिक प्रतिवेदन र कोषध्यक्ष लिलाधर वलीले आर्थिक प्रतिवेदन अ प्रस्तुत गरेका थिए । साभारण सभाले नेपाल प्रेस युनियनमा पनि सुद्धिकरण आवस्यक रहेको रहेको निष्कर्षका साथ आगामी दिनमा सुद्धिकरणको अभियानलाई अगाडि बढाउने निर्णय गनि गरेको छ ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष गोपाल शर्मा भट्टराईले स्वागत र उपाध्यक्ष किरण बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नु भएको सधारणसभाको सहजिकरण सचिब अमर क्षितिज भण्डारी र सहसचिव उमा भण्डारीले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस