दाङ,२३ माघ। प्रहरीले तुलसीपुरबाट लागू औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका–६ खैराबाङ मन्दिरतर्फ जाने भित्री सडकखण्डबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका हुन् ।
माघ १२ गते दिउँसो ३ बजे शंकास्पद रूपमा हिँडिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी २१ वर्षीय सन्तोष बिकलाई प्रहरीले चेक जाँच गरेको थियो। चेकजाँचका क्रममा बिकको साथबाट
लागूऔषध फेला परेको हो। उनको साथमा कालो प्लास्टिकमा तीन वटा पुरिया र सिल्भर रंगको पेपरमा राखिएको एउटा पुरिया बरामद गरिएको प्रहरीले जनाएको छ। परीक्षण गर्दा उक्त पदार्थ ब्राउन सुगर जस्तो देखिएको र कुल १ सय २० मिलिग्राम तौल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
यसबाहेक, विकको साथबाट साम्सुङ ग्यालेक्सी मोडेल र आइफोन XS Max मोडेलका दुई मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले बताएको छ।
जिल्ला अदालत घोराहीबाट म्याद थप अनुमति लिएर उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस