दाङ, २८ माघ । दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन्।
आईतबार दिउँसो ३ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार तुलसीपुर–७ घुसेरीका ५६ वर्षीय जंग बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
यसै दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षीय तीर्थ बहादुर खत्री गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनापछि मृतकका आफन्तले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन्। यद्यपि, एम्बुलेन्स, विद्यालय बस, र रेडक्रसका गाडीहरूलाई भने आवागमन गर्न दिने सहमति भएको छ।
यसैबीच, दुर्घटनामा संलग्न ट्रक चालक, बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ निवासी ४५ वर्षीय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस