after_navbar

जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका बहस कार्यक्रम


फागुन ०२, २०८१


दाङ,२ फागुन । दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न भएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

ad

तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा उक्त बहस कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मास्कीले नेकपा माओवादीले देशमा आमूल परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध सुरु गरेको बताए। अन्याय र अत्याचारका विरुद्धमा संघर्ष गर्नका लागि उक्त जनयुद्ध महत्वपूर्ण रहेको उल्लेख गरे। धन

“नेकपा माओवादीले देशमा आमुलि परिवर्तन ल्याउने उद्देश्यले जनयुद्ध शुरू गरेको हो, जसले असमानता, अन्याय र अत्याचारका विरुद्ध संघर्ष गर्‍यो। उनले भने-” परिवर्तनको चाहना र त्यसलाई संस्थागत बनाउने उद्देश्यले जनयुद्धको सुरुआत गरिएको हो।”

प्रेस सेन्टरका संस्थापक र केन्द्रीय उपाध्यक्ष अजयदिप शर्मा, तुलसीपुर मेट्रो कलेजका सञ्चालक बसन्त आचार्य, तुलसीपुर वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापा, शान्तिनगर गाउँपालिका १ का अध्यक्ष जङ्गबहादुर पुन, र प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष भुपेन्द्र वलि लगायतका अतिथिहरूको उपस्थिति थियो।

कार्यक्रममा विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूले जनयुद्ध र मिडियाकाे भूमिका सम्बन्धी गहकिला प्रश्नहरू उठाए।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रौजेरले जनताको संघर्ष, त्याग र बलिदानको महत्त्व र मिडियाको भूमिका विषयमा विचार व्यक्त गर्दै मिडियाकर्मीलाई सत्य र तथ्य समाचार बाहिर ल्याउन कहिल्यै डराउनु हुँदैन भन्ने धारणा राखिन।

कार्यक्रमको प्रेस सेन्टरका सदस्य सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरकी सचिव रिता केसीले गरेकी थिइन्। प्रेस सेन्टर लुम्बिनी प्रदेश उपाध्यक्ष भूपेन्द्र वलीले विषयवस्तुबारे जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="