after_navbar

आगलागीबाट रोल्पामा एक घर जलेर नष्ट


फागुन ०७, २०८१


रोल्पा,७ फागुन । आगलागीबाट रोल्पामा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। रोल्पाको गंगादेव गाउँपालिका वडा नं. २ पूर्णगाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।

ad

आज दिउँसो पौने ४ बजे बजेतिर मन कुमारी परियारको घरमा आगलागी भएको हो । आगलागी हुँदा घरमा रहेका सबै लत्ता कपडा र सरसामान जलेर पूर्णरुपमा नष्ट भएका छन्।

स्थानीयका अनुसार आगलागीबाट करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। फुसको छाना भएको घर भएकाले आगो तीव्र रूपमा फैलिएको थियो। स्थानीयबासीहरुको प्रयासमा आगो नियन्त्रणमा ल्याइए पनि घरभित्र रहेका सामग्री बचाउन सकिएको थिएन।

आगलागीको कारण हालसम्म खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ।

फोटो:गोपाल चन्द

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="