after_navbar

“महोत्सवका टिकटहरू पूर्ण रूपमा वैधानिक छन्” : चेम्बर अफ कमर्स


फागुन ११, २०८१


दाङ,११ फागुन ।तुलसीपुर चेम्बर अफ कमर्सले फागुन १ गतेदेखि सञ्चालन भइरहेको तुलसीपुर महोत्सवमा प्रयोग भएका टिकटहरूको वैधतासम्बन्धी उठेका सवालहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोजक समितिले महोत्सवका सबै टिकटहरू पूर्ण रूपमा कानुनी रूपमा मान्य रहेको स्पष्ट पारेको छ।

ad

चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महोत्सवस्थलमा प्रवेश गर्न तयार पारिएको र प्रयोग भएका टिकटहरू पूर्णरूपमा वैधानिक छन्। साथै, अनाधिकरण र उपमहानगरपालिकाले उपलब्ध गराएका टिकटमा आयोजकले हरेक दिन क्रस परीक्षण गर्ने गरेको तथा टिकटमा विशेष चिन्ह (सिम्बोल) प्रयोग गरिएको यथार्थ हो।”

साथै, आयोजक समितिले महोत्सवका टिकटहरू अनाधिकृत रूपमा प्रयोग भएको भन्ने हल्ला निराधार भएको दाबी गरेको छ। “गलत रूपमा अनाधिकृत तवरले टिकट प्रयोग भएको छैन,” विज्ञप्तिमा उल्लेख छ।

आयोजक समितिले केही सञ्चारमाध्यमहरूमा बिना प्रमाण समाचार प्रकाशन तथा प्रसारण भइरहेकोप्रति आपत्ति जनाएको छ। “विना तथ्य प्रकाशन एवं प्रसारण भएका सामग्रीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सञ्चारकर्मी तथा सञ्चार संस्थाहरूलाई तथ्यपरक समाचार मात्र प्रकाशन गर्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

तुलसीपुर चेम्बर अफ कमर्सले महोत्सवलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउँदै यस सम्बन्धमा कुनै पनि शङ्का नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="