दाङ,१३ फागुन ।घोराही उपमहानगरपालिका–१५, निमाहल प्रहरी बिट अगाडि रहेको जगत स्टोरको माथिल्लो तलामा रहेको जुत्ता गोदाममा आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको छ।
मंगलबार बिहान करिब ६ बजेर ५० मा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आगलागीपछि स्थानीय बासिन्दा, प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयको उद्दार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
समयमै दमकल आइपुगेका कारण आगो थप फैलिन नपाएको र ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीयहरूले बताएका छन्। बिहानको समय भएकाले मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।
हालसम्म आगलागीबाट भएको सम्पूर्ण क्षतिको विवरण आउन बाँकी छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस