after_navbar

रोल्पामा श्रीमानद्वारा श्रीमतीको हत्या


फागुन १३, २०८१


रोल्पा,१३ फागुन । रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्कामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मंगलबार बिहान खुकुरी प्रहार गरी ३२ वर्षीया अस्मिता बुढामगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

ad

प्रहरीका अनुसार घटनामा संलग्न अस्मिताका श्रीमान् ४० वर्षीय खिमबहादुर बुढामगरलाई नियन्त्रणमा लिइएको छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अस्मिताको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरीक्षक दिवश हिताङको नेतृत्वमा चारजनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप प्रहरी टोली पनि घटनास्थल पुगेको थियो।

स्थानीयका अनुसार खिमबहादुरले श्रीमतीलाई बेलाबेला कुटपिट गर्ने गरेका थिए। तर, हत्या किन र कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले घटनास्थलबाट हत्या प्रयुक्त खुकुरी बरामद गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="