दाङ,२१ फागुन । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नुका साथै समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक सहमति प्रदान गर्दै कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयसमेत बैठकले गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कविन्द्र नेपाल, युवा तथा खेलकुद मन्त्रालयमा बलराम ढकाल, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा नारद गौतम तथा स्वास्थ्य मन्त्रालयमा दुर्गा लक्ष्मी श्रेष्ठलाई सचिवको जिम्मेवारी तोकिएको छ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार यी निर्णयहरूले प्रदेशको प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस