after_navbar

तीन महिना पछि पुन: सुरु भयो दाङमा हवाई सेवा


चैत १७, २०८१


दाङ, १८ चैत । दाङको टरिगाउँ  एर्पोटमा तीन महिना पछि पुनः  हवाई सेवा सन्चालनमा आएको छ । तीन महिनासम्म रोकिएको हवाइ सेवा सोमबारबाट पुनः सुरु भएको हो ।

तीन महिनापछि सोमवारदेखि टरिगाउँ विमानस्थलबाट केहि यात्रुलाई लिएर नेपाल एरलाइन्स के जहाज काठमाडौ गएको हो ।  नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारका अनुसार विमानको इन्जिनमा समस्या आएपछि सेवा बन्द भएको थियो।

चैत महिनामा हप्तामा दुई दिन उडान हुने र वैशाख महिनादेखि यात्रु संख्या अनुसार चार दिनसम्म सेवा बढ्न सक्ने इन्चार्ज सुनारले जानकारी दिए । विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र भएका कारण सना जहाजले मात्रै सेवा दिने अबस्था रहेको छ । 

विमानस्थलको स्तरोन्नति र विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। यसमा धावनमार्ग १,२५० देखि १,५०० मिटर लम्ब्याउने प्रस्ताव छ। यसका लागि चार बिघा जग्गा अधिग्रहण प्रक्रिया अघि बढिरहेको छ। नेपाल सरकारले बजेट समेत बिनियोजन गरेको छ । साबिक  राप्ती अञ्चलको पुरानो विमानस्थल हो । यो विमानस्थल २०११ साल देखि  संचालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="