after_navbar

ब्रेक फेल हुँदा बस उपमेयरको घरमा पस्योः दुइजनाको मृत्यु


जेठ १३, २०८२


मकवानपुर,१२ जेठ । ब्रेक फेल हुँदा मकवानपुरमा बस दुर्घटना भएको छ । मकवानपुरको थाहा नगरपालिकामा भएको बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको मकवानपुर प्रहरीले बताएको छ ।

ad

त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा–३ ख ५९९० नम्बरको बस थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा दुर्घटना भएको हो । ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ ।

बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न । दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="