काठमाडौँ,१२ असोज । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन् ।
सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले देशभरका १३ वटा डिपो तथा कार्यालय सञ्चालनमा राख्ने जनाएको छ ।
निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा धनुषा, चारआली, नेपालगञ्ज, वीरगञ्ज, दाङ र दीपायलका इन्धन डिपो बिदाको दिन पनि सञ्चालन हुनेछन् ।
दसैँका समयमा सवारी साधनको प्रयोग बढ्ने भएकाले इन्धनको खपत पनि अत्यधिक हुने गर्दछ । यसलाई ध्यानमा राख्दै सहज बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस