after_navbar

इलाममा ४० वर्षयताकै भीषण वर्षा


असोज २२, २०८२


इलाम,२२ असोज । इलाममा ४० वर्षयताकै बढी वर्षा भएपछि ठूलो जनधन क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ र १८ गते परेको अविरल वर्षाले इलाममा बाढीपहिरो निम्त्याउँदै ठूलो क्षति पुर्‍याएको हो।

ad

जल तथा मौसम विज्ञान विभागका अनुसार इलामको सूर्योदय नगरपालिका–स्थित हिमाली गाउँ स्टेशनमा यस वर्ष ३३२.६ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सन् १९८३ मा भएको रेकर्डभन्दा बढी हो। सन् १९८३ जुलाई १५ मा सो स्थानमा ३२०.६ मिलिमिटर वर्षा मापन गरिएको थियो।

विभागका अनुसार यसपालि इलामसँगै पर्सा र रौतहटमा पनि अति उच्च वर्षा मापन गरिएको छ। अविरल वर्षाका कारण इलाममा बाढीपहिरोमा परी ३९ जनाले ज्यान गुमाएका छन् भने समग्र कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="