काठमाडौँ,२२ असोज । घरायसी विवाद बढेपछि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा घरायसी विवाद बढेपछि जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविनाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ तामाङले खुकुरी हानेर श्रीमतीको हत्या गरेका हुन्। सविनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीले घटनाबारे जानकारी पाउनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको छ। प्रारम्भिक अनुसन्धान अनुसार तामाङले आवेशमा हत्या गरेको स्वीकार गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस