दाङ,२२ असोज । दाङको तुलसीपुरमा ‘तुलसीपुर रिडर्स क्लब’ गठन भएको छ । मंगलबार तुलसीपुरमा सम्पन्न भेलाले अमर खड्कालाई संयोजक बनाएको हो ।
पठन संस्कृतिको विकासका लागि उक्त क्लव गठन गरिएको हो । विषेश गरि पठन संस्कृतिको विकास गर्दै नयाँ श्रष्टाहरुलाई प्रोत्सहन गर्ने लक्ष्य राखिएको छ ।
श्रष्टाका लेख रचना वाचन गर्ने, तुलसीपुर क्षेत्रमा साहित्कि गतिबिधिलाई थप गुल्जार बनाउन ‘तुलसीपुर रिडर्स क्लब’ले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
संयोजक खड्काले पठन संस्कृतिमा जोड दिने हरेक क्षेत्रका अग्रज ब्यक्तिहरु संगको राय सल्लाह अनुरुप क्लब अगाडि बढ्ने बताए ।
क्लब गठनका क्रममा गजल अभियान दाङका अध्यक्ष प्रवल बिष्ट, अध्यता एवं विश्लेशक रामबहादुर जिसी, नाट्यकार डिल्ली बस्नेत (संगित), प्राध्यापक रमेशजंग साहु , सुरेश रावत लगाएतको जमघट थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस