after_navbar

फरार रहेका तीन कैदी पक्राउ


असोज २२, २०८२


दाङ, २२ असोज । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सुर्खेतको लेकवेशी नगरपालिका–२ का गिरबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको छ।

ad

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका दमाई सुर्खेतमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीका अनुसार फरक मुद्दामा फरार रहेका अन्य दुई प्रतिवादी पनि पक्राउ परेका छन्।

तीमध्ये वीरेन्द्रनगर नगरपालिका–९ का सुशील बोगटीलाई बुधबार पक्राउ गरिएको हो। उनी नकबजनी चोरी मुद्दामा ३ महिना ९ दिन कैद र रु ३९ हजारभन्दा बढी जरिवाना तोकिएका व्यक्ति हुन्।

यस्तै, जबरजस्ती करणीसम्बन्धी चालु मुद्दाका फरार प्रतिवादी जाजरकोटको जुनीचाँदी गाउँपालिका–११ का प्रेमबहादुर चदारा पनि मंगलबार पक्राउ परेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="