भद्रपुर,२४ असोज । धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउँने जोखिम बढेपछि झापाको बाहुनडाँगी क्षेत्रमा डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा खटाइएको हो। किसानले धान भित्र्याएसम्म टोलीले निरन्तर गस्ती गर्ने बताइएको छ।
विगतका वर्षहरूमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रमा धानबालीसहित अन्य कृषि उत्पादनमा ठूलो क्षति पुर्याउँदै आएको छ। विगत दुई दशकमा हात्तीको आक्रमणबाट झापामा ७५ जनाले ज्यान गुमाएका छन् भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको वन कार्यालयले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस