after_navbar

टिकटक बनाउन खोलामा हामफालेका युवकको शव फेला


असोज २४, २०८२


ad

काठमाडौ,२४ असोज । टिकटक बनाउन खोलामा हामफालेका बाराका एक युवक मृत फेला परेका छन् ।

बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय विकी गोसाइँ आज मृत फेला परेका हुन् । उनी १९ असोजमा टिकटक बनाउनका लागि दुधौरा खोलाको पुलबाट हामफालेका थिए । छ दिन अघि खोलामा हाम फालेको उनी मृत्त फेला परेको प्रहरीले बताएको छ ।

सोही दिनदेखि बेपत्ता भएका उनी ६ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक मृत फेला परेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनको सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गाताखोरको सहयोगमा खोजतलास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="