उदयपुर,२४ असोज । उदयपुरमा तीन अलग–अलग स्थानमा भएको जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालयले चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–२ चारघरेमा १६ वर्षिया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय सञ्जय सदा मुशहरलाई इलाका प्रहरी कार्यालय बेल्टारले सोमबार पक्राउ गरेको हो।
यस्तै, कटारी नगरपालिका–६ मा २७ वर्षिया महिलामाथि भएको जबरजस्ती करणीमा २६ वर्षीय न्यजन राई र २२ वर्षीय भोजकुमार पाण्डेलाई इलाका प्रहरी कार्यालय कटारीले मंगलबार पक्राउ गरेको छ।
कटारी नगरपालिका–९ लिम्पाटारमा पनि १६ वर्षिया बालिकामाथि भएको करणीको अभियोगमा १९ वर्षीय भोजराज परियार सोमबार पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये तीनजना कटारीको र एक जना बेल्टारको हिरासतमा राखेर आवश्यक सोधपुछ र कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस