दाङ,२६ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेजस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना व्यक्ति पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा खटिएको टोलीले राममाया घर्तीको घरमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नगदसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट दुई गड्डी तास र नगद ३४ हजार ६ सय ५ रुपैयाँ बरामद गरिएको छ।
नियन्त्रणमा परेकामा तुलसीपुर–७ का प्रेमप्रकाश वली, तुलसीपुर–६ का रमेश बस्नेत र चेतलाल भण्डारी, तुलसीपुर–५ का गौरीलाल वली, खुमबहादुर बिक र सन्तोष भण्डारी, तुलसीपुर–८ का धनबिर बिक, तुलसीपुर–१६ का तिलकराम केसी र तुलसीपुर–६ का दिनेश बन्जरा रहेका छन्।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस