after_navbar

कारागारबाट फरार कैदी भारतमा चोरी आरोपमा पक्राउ


असोज २, २०८२


काठमाडौं,२९ असोज । जेनजी आन्दोलनको मौका छोपेर झुम्का कारागारबाट फरार भएका दुई व्यक्ति भारतमा मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन्।

ad

भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फारबिसगञ्ज नजिकै बथनाहाबाट पिन्टु कुमार यादव र उमेश कुमार मेहतालाई भारतीय प्रहरीले पक्राउ गरेको हो। उनीहरू सोमबार पक्राउ परेका हुन्।

अररिया प्रहरीका सहायक प्रमुख मुकेश कुमारका अनुसार, पक्राउ परेका दुबैजना सुनसरीको कप्तानगञ्जका हुन्। सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर फारबिसगञ्जतर्फ जाँदै गर्दा उनीहरू पक्राउ परेका थिए।

पक्राउपछि उनीहरूले जेन–जी आन्दोलनका क्रममा कारागारमा भागदौड हुँदा आफूहरू पनि भागेको बयान दिएका छन्।

भारतीय प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, पक्राउ परेकामध्ये पिन्टु कुमार यादवको नाम कारागार व्यवस्था विभागको फरार सूचीमा रहेको छ भने उनको ठेगाना सुनसरीको देवानगञ्ज उल्लेख छ। तर, उमेश कुमार मेहताको नाम भने उक्त सूचीमा छैन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="