पर्सा,१ कार्तिक । पर्साका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा बरामद भएका करिब १२ लाख रुपैयाँ बराबरका अवैध सामानहरू प्रहरीले नष्ट गरेको छ।
प्रहरीका अनुसार कार्तिक १ गते शनिबार स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा ती सामानहरू सार्वजनिक रूपमा नष्ट गरिएको हो।
बरामद सामग्रीहरू पर्सा जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले फरक–फरक समयमा चेकजाँचका क्रममा बरामद गरेका थिए। ती सामग्रीमा लागूऔषध, मदिरा तथा अन्य निषेधित वस्तुहरू रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद वस्तुहरू नष्ट गर्नुको उद्देश्य अवैध कारोबार नियन्त्रण गर्नुका साथै स्थानीयवासीलाई सचेत बनाउनु रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस