after_navbar

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


कार्तिक ०३, २०८२


झापा,२ कार्तिक । माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापाको कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको हो।

ad

मृत्यु हुनेमा सोही ठाउँका ४९ वर्षीय लोकबहादुर गाइने रहेका छन्। उनलाई आज दिउँसो अमलखुट्टा खोलामा करेन्ट प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="