काठमाडौ,२९ कार्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न तयारीमा रहेको बुद्ध एयरको एक विमानमा चरा ठोक्किएपछि उडान रोकिएको छ।
शनिबार बिहान करिब १० बजे काठमाडौंका लागि निर्धारित उडान नम्बर ६०४, नाइन–एन एएमडी विमान टेकअफको क्रममा चरा ठोक्किएको पुष्टि भएको हो।
घटनापछि सुरक्षा प्रोटोकलअनुसार विमानका इन्जिनियरहरूले विस्तृत रुपमा जाँच गरेका छन्। निरीक्षण पूरा भएपछि मात्र उडान पुनः सञ्चालन गर्ने कि वैकल्पिक व्यवस्था गर्ने भन्ने निर्णय हुने बताइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस