प्यूठान,३० कार्तिक । प्युठानमा पिकअप जिप दुर्घटना भएको छ। मल्लरानी गाउँपालिका–४ टोप्रेखर्कमा ग १ ज ७८१४ नम्बरको पिकअप जिप भर्खरै दुर्घटनामा पर्दा एक बालकको मृत्यु भएको छ र कम्तीमा ६ जना घाइते भएका छन्।
देउरालीबाट खलंगा आउँदै गरेको जिप अनियन्त्रित भई दुर्घटना परेको प्रारम्भिक जानकारी आएको छ। घटनाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस