after_navbar

तरलता बढेपछि राष्ट्र बैंकद्वारा एकैदिन ६० अर्ब निक्षेप संकलन


मङि्सर १८, २०८२


काठमाडौं,१७ मंसिर । बैंकिङ प्रणालीमा अत्यधिक तरलता जमेपछि नेपाल राष्ट्र बैंकले एकै दिन ६० अर्ब रुपैयाँ खिच्न ‘निक्षेप संकलन उपकरण’ प्रयोग गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने अवधीको उक्त निक्षेप आगामी २०८२ पुस १६ गते साँवा तथा ब्याजसहित भुक्तानी गरिने जनाएको छ।

ad

यो निक्षेप संकलन बोलकबोल प्रक्रियामार्फत हुनेछ र ब्याजदर पनि यही माध्यमबाट नै निर्धारण गरिनेछ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले यसमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग जाने गरी कुल आह्वान रकमभित्र बोलकबोल गर्न सक्नेछन्। आज दिउँसो २ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।

निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। यसरी संकलित निक्षेप राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले लिएको यो कदम पछिल्ला दिनमा बैंकहरूमा अत्यधिक चलखेल रकम संकलन भएपछि आएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="