after_navbar

हिम्लुङ हिमपहिरोमा ४ जनाको शव फेला: १२ जना बेपत्ता


१ घण्टा अगाडि


दाङ।मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव भेटिएको छ। यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो। यसअघि आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

हिमपहिरोमा अझै १२ जना बेपत्ता रहेका छन्। एनएनएमजीएको खोज तथा उद्धार टोलीले घटनास्थलमा खोजी कार्य जारी राखेको अध्यक्ष तुलसिंह गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

data-href="