after_navbar

तीनवटा हरिण मृत फेला


मङि्सर १८, २०८२


काठमाडौ,१७ मंसिर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा राखिएका छवटा हरिणमध्ये तीन वटा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।

ad

तारजालीले घेरेर संरक्षण गरिएका हरिणमध्ये तीनको तिघ्राको मासु लुछिएको अवस्थामा अवस्थामा भेटिएपछि पार्कका कर्मचारीले डिभिजन वन कार्यालय र प्रहरीले घटनास्थलमा जानकारी गराएका थिए।

पार्क सञ्चालक थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीका अनुसार चितुवा वा बाघ जस्तो वन्यजन्तुले तारघेरा नाघेर आक्रमण गरेको हुनसक्ने देखिएको छ। उनले भने, “कसले आक्रमण गर्‍यो भनेर ठ्याक्कै थाहा भइसकेको छैन, तर जनावरले मासु लुछेको प्रष्ट छ।”

आक्रमणपछि बाँकी तीन हरिण तारघेरा नाघेर पार्क वरपरका क्षेत्रमा भाग्न सफल भएको बताइएको छ। डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको टोलीले घटनास्थल मुचुल्का गरेर मारिएका हरिणलाई खाल्डो खनेर पुरेको छ। घटना सार्वजनिक भएपछि बाँकी तीन हरिणलाई सुरक्षित राख्ने विषयमा थप चुनौती बढेको पार्क व्यवस्थापनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="