after_navbar

राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता


१६ घण्टा अगाडि


काठमाडौँ,१ पुस । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। हाल पार्टीको प्रचारप्रसार विभाग प्रमुख रहेका गौतमले ओली प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

ad

गौतमले पार्टीमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट नेकपा एमाले तथा पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उनले भने, “नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि उपमहासचिव पदबाट विधिवत रूपमा उम्मेदवारी फिर्ता लिएको हुँ। अब दुई समूहका तीन/तीन जनालाई प्रतिस्पर्धाका लागि छाडिदिएको छु।”

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="