काठमाडौँ,११ पुस। पछिल्ला दिनहरूमा स्थानीय बजारमा सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। आज पनि यी दुवै धातुको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। हाल कायम भएको मूल्य हालसम्मकै उच्च हो।
यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ र चाँदी ४ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो। त्यस्तै, बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएर सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि भएसँगै सुनचाँदीको मूल्य पनि बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० अमेरिकी डलर र चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस