काठमाडौँ ,१४ पुस । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ।
सोमबार समानुपातिकतर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पार्टी संरक्षक रेशमलाल चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीले अन्य दलहरूसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे।
संरक्षक चौधरीका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा पनि देशका सबै भूगोललाई समेटेर उम्मेदवार समावेश गरिएको छ। उनले कास्की, पर्वत, लमजुङ, रूकुम, रोल्पा, कालिकोट, दैलेख र डोल्पालगायत विभिन्न जिल्लाबाट उम्मेदवार समेटिएको बताए।
उनले नाउपा नेपालसँग गठबन्धन रहेकाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइने उल्लेख गरे। निर्वाचनको परिणाम भने अन्ततः मतदाताको छनोटमा निर्भर रहने उनले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस