काठमाडौं,१७ पुस। गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा लगाइएको रोक्का फुकुवा गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले लेखकको विदेश भ्रमणमा रोक लगाउने तथा स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय खारेज गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए ।
आयोगले सो निर्णयबारे गृह मन्त्रालयलाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ ।
उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र स्वयं रमेश लेखकलाई पठाइएको छ ।
भदौ २३ र २४ गतेको घटनाको छानबिनका क्रममा अनुसन्धानको दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र अनुमति बिना उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।
सोही घटनाका विषयमा तत्कालीन गृहमन्त्री लेखकले केही दिनअघि आयोगसमक्ष बयान दिएका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस