after_navbar

जलपन्छीहरुको गणना सुरु


पुष १, २०८२


दाङ,१९ पुस । देशभरका तालतलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको वार्षिक गणना सुरु भएको छ।
हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिमको शुक्लाफाँटासम्म जलपन्छीको गणना गरिँदै आएको छ।

ad

पानी, तालतलैया, सिमसार तथा आसपासका क्षेत्रमा आहारविहार, प्रजनन र अधिकांश समय बिताउने चरालाई जलपन्छी भनिन्छ।
यस वर्षको जलपन्छी गणना आजदेखि सुरु भई माघ ४ गतेसम्म सञ्चालन हुनेछ।

वेटल्याण्ड इन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायत संस्थाले पनि गणनामा सहयोग गरिरहेका छन्।

गणनामा चरा सम्बन्धी ज्ञान तथा पहिचान गर्ने क्षमता भएका चार सयभन्दा बढी स्वयंसेवक सहभागी भएका छन्। उनीहरूले देशभरका ताल, नदी, सिमसार र आसपासका क्षेत्रमा पुगेर जलपन्छीको संख्या र प्रजाति अभिलेख गरिरहेका छन्।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीको प्रजाति, संख्या र तिनको वासस्थानमा देखिएका समस्याबारे जानकारी संकलन गर्न यो गणना महत्वपूर्ण हुन्छ। सन् २०२५ मा देशका १८ स्थानका ७८ क्षेत्रमा गरिएको गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ जलपन्छी गणना गरिएको थियो।

नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी रहेको तथ्यले पनि यसको संरक्षणको आवश्यकता झन् महत्वपूर्ण देखाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="