दाङ ,२७ पुस। दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बस दुर्घटनामा आठ जना यात्रु घाइते भएको जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हालसम्म घाइतेहरूको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।
प्रहरी निरीक्षक बमका अनुसार बस आज आइतबार दिउँसो करिब साढे १२ बजेतिर घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१६ रावतगाउँ चोकमा दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस