काठमाडौँ,२८ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते राजीनामा दिने तयारी गरेको उनका सचिवालय स्रोतले जनाएको छ । प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले उनले राजीनामा दिने तयारी गरेको सचिवालयका एक सदस्यले बताए ।
उनका अनुसार मेयर शाहको राजीनामा दिने निर्णय निश्चित भइसकेको छ । “उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ,” सचिवालय स्रोतले भन्यो ।
राजीनामापछि मेयर शाह निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा रहेको बताइएको छ । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट निर्वाचन लड्ने विषयमा छलफलमा रहेको सचिवालय स्रोतको भनाइ छ ।
यस विषयमा मेयर शाहले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस