काठमाडौँ, २८ पुस । आज सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ रहेको थियो । यसैगरी आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।
आज चाँदी तोलामा २ सय ५ रुपैयाँले बढेर तोलाको ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९ सय ९० रुपैयाँ रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस