after_navbar

स्वजागरण अभियानले मुलुकमा सुशासन स्थापनामा सहयोग गर्छ: प्रधानमन्त्री कार्की


माघ ०१, २०८२


काठमाडौं,३० पुस। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ।

ad

कार्यक्रममा मन्त्रीहरू, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव, सचिवहरू, विभागीय प्रमुख तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सो अवसरमा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए।
प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

विभिन्न कालखण्डमा भएका सामाजिक–राजनीतिक आन्दोलनहरू र जेनजी पुस्ताको सदाचार तथा सुशासनको मागलाई ध्यानमा राख्दै स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उनले बताइन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वजागरणले पहिला व्यक्तिलाई व्यवस्थित, अनुशासित र सचेत बनाउने र त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="