after_navbar

श्रीमानद्वारा श्रीमतीको हत्या


माघ ०४, २०८२


रुकुम पश्चिम,३ माघ । रुकुम पश्चिममा एक वृद्धले आफ्नै श्रीमतीको हत्या गरेका छन्। त्रिवेणी गाउँपालिका–१ निवासी ७४ वर्षीय गणेशबहादुर कामिले ६५ वर्षीया श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ।

ad

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासो प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार घाइते पम्फालाई शुक्रबार अपराह्न साढे ४ बजे बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएकी थिइन्।

जिल्ला अस्पतालबाट थप उपचारका लागि शुक्रबार साँझ साढे ७ बजे नेपालगञ्ज रिफर गरिएकोमा साँझ साढे ८ बजे उपचारका क्रममा बाटोमै उनको मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा श्रीमतीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

घटनापछि गणेशबहादुर कामिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="